भारत कोरोना संक्रमणको विश्वव्यापी सूचीको कुन स्थानमा ? | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

भारत कोरोना संक्रमणको विश्वव्यापी सूचीको कुन स्थानमा ?

india corona

एजेन्सी, ३ जेठ । भारतमा कोरोना भाइरस संक्रमितको संख्या चीनमा भन्दा बढी पुगेको छ । कोरोना संक्रमणको उद्गम चीनलाई उछिनेर भारत संक्रमित संख्याका आधारमा विश्वव्यापी सूचीको एघारौं स्थानमा पुगेको छ ।

भारतमा ८६ हजार ५ सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । चीनमा अहिलेसम्म ८२ हजार ९सय ४१ जना संक्रमित छन् । तर भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या भने चीनको तुलनामा झन्डै आधा छ । चीनमा अहिलेसम्म ४ हजार ६ सय ३३ जनाले ज्यान गुमाएका छन् । भारतमा यो संख्या २ हजार ७ सय ६० छ ।

चीनको वुहानबाट गत वर्ष डिसेम्बर अन्त्यदेखि फैलिएको कोरोना भाइरस अहिले अमेरिकामा महामारी केन्द्र बनेको छ । अमेरिकामा १४ लाख ८४ हजार भन्दा बढी कोरोना संक्रमित छन् भने ८८ हजार भन्दाबढीको मृत्यु भइसकेको छ । यसैगरी स्पेनमा २ लाख ७४ हजार र रुसमा २ लाख ७२ हजार कोरोना संक्रमित भेटिएका छन् ।

बेलायतमा २ लाख २६ हजार , इटालीमा २ लाख २३ हजार , ब्राजिलमा २ लाख २० हजार, फ्रान्समा १ लाख ७९ हजार, जर्मनीमा १ लाख ७५ हजार , टर्कीमा १ लाख ४६ हजार, इरानमा १ लाख १८ हजार संक्रमित छन् ।

अहिलेसम्म विश्वमा कोरोना संक्रमितको संख्या ४६ लाख नाघेको छ भने ३ लाख ९ हजारभन्दा बढीको ज्यान गएको छ। १७ लाख ७० हजारभन्दा बढी निको भइसकेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);