भारतमा कोरोना: संक्रमितको संख्या ९६ हजार नाघ्यो, एकै दिन १५७ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

भारतमा कोरोना: संक्रमितको संख्या ९६ हजार नाघ्यो, एकै दिन १५७ को मृत्यु

india corona

एजेन्सी, ५ जेठ ।  भारतमा सोमबारसम्म कोरोना भाइरस संक्रमितको संख्या ९६ हजार १९६ जना पुगेको छ । गत २४ घण्टा भित्र ५ हजार २४२ जना संक्रमित थपिएको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा आइतबार एकै दिनमा १५७ कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । त्यसपछि भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या ३ हजार २९ जना पुगेको छ ।

सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यमा नागरिक संक्रमित भएका छन् । यहाँमात्र ३३ हजार ५३ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । कोरोनाको संक्रमणबाट महाराष्ट्रमा १ हजार १९८ जनाको मृत्यु भएको छ । दिल्लीमा कोरोना भाइरसको संक्रमणको संख्या १० हजार ५४ पुगेको छ ।

कोरोना संक्रमणबाट निको भएको संख्या ३६ हजार २९ जना रहेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);