भारतमा दैनिक संक्रमित संख्या १ लाख २६हजार नाघ्यो, भारतबाट आउने यात्रुलाइ न्युजिल्याण्डमा रोक | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८१, आइतबार

भारतमा दैनिक संक्रमित संख्या १ लाख २६हजार नाघ्यो, भारतबाट आउने यात्रुलाइ न्युजिल्याण्डमा रोक

एजेन्सी, २६ चैत । भारतमा एकै दिन कोरोना भाइरस संक्रमित हुनेको एक लाख २६ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा एक लाख २६ हजार ७ सय ८९ मा कोरोना संक्रमण पुष्टि भएको छ । एकैदिन संक्रमण पुष्टि भएको यो संख्या अहिलेसम्म कै उच्च हो । पछिल्लो केही दिन यता भारतमा दैनिक संक्रमित हुनेको संख्यामा दैनिक उच्च संक्रमितको रेकर्ड बनिरहेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमित भएकाहरुमध्ये सबैभन्दा धेरै ५९ हजार ९ सय ७ महाराष्ट्रका रहेका छन् । त्यसैगरी, छत्तीसगढका १० हजार, कर्नाटक र उत्तर प्रदेशका छ हजारभन्दा बढी रहेका छन् ।

योसँगै भारतमा संक्रमित हुनेको कुल संख्या एक करोड २९ लाख २८ हजार ५ सय ७४ पुगेको छ । जसमध्ये आठ लाख ४३ हजार ४ सय ७३ सक्रिय संक्रमित रहेका छन् भने एक करोड १८ लाख ५१ हजार ३ सय ९३ संक्रमणमुक्त भईसकेका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा संक्रमणका कारण छ सय ८५ जनाले ज्यान गुमाएका छन् । योसँगै भारतमा संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ६६ हजार ८ सय ६२ पुगेको छ ।

यसैक्रममा न्युजिल्याण्डले भारतबाट आउने यात्रुहरुलाई आफ्नो देशमा प्रवेशमा रोक लगाएको छ । भारतमा बढ्दो संक्रमणदरलाई मध्ये नजर गर्दै न्युजिल्याण्डले भारतबाट आउने आफ्नै नागरिकलाई समेत प्रवेशमा रोक लगाउने न्युजिल्याण्डका प्रधानमन्त्री जसिन्दा आर्डनले बिहीबार जानकारी गराएकी हुन् ।

यो रोक यही एप्रिल ११ देखि एप्रिल २८ सम्म लगाइने पनि प्रधानमन्त्री एर्डनले बताएकी छिन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);