यस्तो छ भारतमा कोरोना अपडेट | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

यस्तो छ भारतमा कोरोना अपडेट

covid-19-india

काठमाडौं, १५ जेठ । भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ५८ हजार ३३३ पुगेको छ । बुधबार एकै दिनमा ६ हजार ५६६ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

तथ्याङ्कअनुसार भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या ४ हजार ५३१ जना पुगेको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या ६७ हजार ९९२ जना रहेको छ । हाल भारतमा ८६ हजार ११० जना कोरोना संक्रमित उपचाररत रहेका छन् ।

सबैभन्दा संक्रमित भएका महाराष्ट्र राज्यमा ५६ हजार ९४८ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । महाराष्ट्रपछि तमिलनाडूमा दोस्रो स्थानमा रहेको छ । त्यहाँ १८ हजार ५४५ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन् । गुजरातमा १५ हजार १९५ संक्रमति छन् भने दिल्लीमा १५ हजार २५७ जना कोरोना संक्रमित रहेका छन् ।

भारतमा दुई महिना बढी समयदेखि लकडाउन जारी रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);