काेराेना संक्रमण राेकथाममा काेरीयाली माेडल (भिडीयाे सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

काेराेना संक्रमण राेकथाममा काेरीयाली माेडल (भिडीयाे सहित)

korea model

ज्योती पौडेल

एजेन्सी, १५ जेठ । दक्षिण कोरिया एकै पटक सबैभन्दा धेरै कोरोना भाइरस फैलिएका दुई मुलुक मध्य एक हो । चीनपछि दक्षिण कोरियामा यो भाइरसको प्रकोप फैलिएको थियो । तर हाल आएर धेरै राष्ट्रहरुमा संक्रमणको दर बढिरहँदा दक्षिण कोरियामा भने नयाँ संक्रमणको संख्यामा उल्लेख्य कमि आएको छ ।

फेव्रुअरीको अन्तिम सम्ममा दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण केही दर्जन मानिसमा मात्र देखिएको थियो तर मार्च महिनाको अन्तिम सम्म आइपुग्दा संक्रमितहरुको संख्या १० हजारको हाराहारिमा पुगिसकेको थियो र १६५ जनाले कोरोना संक्रमणवाट ज्यान गुमाइसकेका थिए। त्यस यता हालसम्म पनि जम्मा संक्रमितहरुको संख्या एघारहजार भन्दा केही बढी मात्र रहेको छ र मृतकको संख्या पनि २६९ रहेको छ ।

दक्षिण कोरियामा कोभिड १९ को पहिलो संक्रमितको पुष्टि २० जनवरीमा भएको थियो त्यस पश्चात कोरोना भाइरसलाइ नियन्त्रण गर्न दक्षिण कोरियाली सरकारले चालेका कदम विश्वका अन्य राष्ट्रहरुका लागि पनि अनुकरणिय रहेको छ। कोरियाली सरकारले तत्कालै मुलुकभर परिक्षणको दायरा तिव्र बनाउदै लग्यो जसँबाट संक्रमितको पहिचान गर्न सहज भयो । यसका साथै संक्रमितसँग सम्पर्कमा आएका अन्य व्यक्तिको ट्रेसिंग गरि आवश्यक परेको खण्डमा उनिहरुलाई समेत आइसोलेट गर्न सुरु गर्‍यो र सरकारवाट जारी निर्देशनलाइ जनस्तरवाट कडाइको साथ पालना गरियो ।

दक्षिण कोरियामा सन् २०१५ मा संक्रामक रोग रोकथाम र नियन्त्रण सम्वन्धि कानुन पारित भएको थियो जसअनुसार त्यहाँका स्वास्थ्य अधिकारीहरुलाई कुनै पनि नागरिकको मोवाइल फोन, क्रेडिट कार्ड लगायतका अन्य व्यक्तिगत विवरणहरुमा सहज पहुँच रहेको छ । यसबाट उनिहरु संक्रमित व्यक्तिको स्मार्ट फोनमा रहेको जि.पि.एस मार्फत उनिहरुको लोकेशन तथा यात्रा गतिविधी लगायतका जानकारी स्वास्थ्य अधिकारीहरुले प्राप्त गर्न सक्दछन् यसका साथै संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचानपनि गर्न सक्छन् ।

सरकारले कुनै संक्रमित फेला परेमा उसको नजिकका मानिसलाइ स्मार्ट फोन मार्फत यसको सुचना दिने र संभावित संक्रमणवाट सुरक्षित रहन समेत आग्रह गर्ने गर्दछ ।यसैगरि संक्रमित व्यक्तिको स्वास्थ्य अवस्था हेरि आवश्यक परेमा मात्र उनिहरुलाइ अस्पतालमा भर्ना गरिन्छ अन्यथा उनिहरुलाइ आफ्नै घरमा आइसोलेसनमा रहन लगाइन्छ । जसले गर्दा अस्पतालमा संक्रमितको चाप नियन्त्रण गर्न सजिलो भएको छ । यसरि दक्षिण कोरियाले छोटो समयमा कोरोना संक्रमणलाइ न्युनिकरण गर्न सफल भएको हो ।

विश्वका धेरै राष्ट्रहरुले लामो समयसम्म लकडाउन जारी राख्दा अर्थतन्त्र धरासायी हुने अवस्थामा पुगेको बेलामा पनि दक्षिण कोरियाले भने आर्थिक क्षेतिलाइ केहि हदसम्म न्युनिकरण गर्न सकेको छ । सन् २०१९ मा दक्षिण कोरियाको कुल ग्राहस्थ उत्पादाको वृद्धिदर २.०३ प्रतिशत रहेकोमा कोरोना संक्रमणको कारण यस बर्ष कुल ग्राहस्थ उत्पादनको वृद्धिदर माइनस १.१८ प्रतिशत रहने तर सन् २०२१ मा भने यसको वृद्धिदर ३.४ प्रतिशत रहने अनुमा लगाएको छ ।

सामाजिक दुरि सहित अन्य सम्पुर्ण स्वास्थ्य सम्बन्धि सावधानिलाइ कडाइका साथ अवलम्लन गदै औपचारिक लकडाउनको घोषणा नगरिकन आफ्नो अर्थतन्त्रलाई केहि हदसम्म भएपनि चलाएमान राख्न सक्नु दक्षिण कोरियाको अर्को ठुलो उपलब्धि हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);