भारतमा काेराेना संक्रमितकाे संख्या १ लाख ६५ हजार नाघ्याे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

भारतमा काेराेना संक्रमितकाे संख्या १ लाख ६५ हजार नाघ्याे

india corona

काठमाडौं, १६ जेठ । कोरोना भाइरस विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार भारतमा शुक्रबार बिहानसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ४ हजार ७ सय ११ पुगेकाे छ भने संक्रमितकाे संख्या १ लाख ६५ हजार ३८६ पुगेकाे छ ।

त्यहाँ बिहीबार एकैदिनमा ७ हजार ३ सय नयाँ संक्रमित थपिएका छन् भने १७७ जनाकाे मृत्यु भएकाे वर्ल्डो मिटर्सले जनाएकाे छ ।

संक्रमितमध्ये ७० हजार ९२० मानिस उपचारपछि निको भएर घर फिर्किएका छन् । भारतमा अहिले ८९ हजार ७ भन्दा बढीमा कोरोना भाइरस सक्रिय छ । तीमध्ये ८ हजार ९४४ काे अवस्था गम्भीर रहेकाे छ ।

भारतमा कोरोना संक्रमण व्यापक बन्दै गएसँगै भारत सरकारले पुनः लकडाउनको अवधि २ सातासम्म बढाएको छ । भारतको गृह मन्त्रालयले गत २४ मार्चदेखि लागू गरिएको लकडाउनलाई ३१ मेसम्म जारी राख्ने निर्णय गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);