भारतमा कोरोना: दैनिक साढे ६ हजार थपिँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

भारतमा कोरोना: दैनिक साढे ६ हजार थपिँदै

covid-19-india

एजेन्सी, ११ जेठ । भारतमा कोरोना भाइरसकाे संक्रमण दैनिक साढे ६ हजार बढ्न थालेको छ । छिमेकी देश भारतमा कोरोना भाइरस (कोभिड–१९) काे संक्रमण पछिल्लो २४ घण्टामा साढे ६ हजार हाराहारीमा नयाँ बिरामी थपिँदै गएका छन् ।

त्यहाँ शुक्रबार एकैदिनमा ६ हजार ५६८ नयाँ संक्रमित थपिएका थिए भने शनिबार पनि याे संख्या बढेर ६ हजार ६२९ पुगेकाे छ । याे एकैदिन थपिएकाे हालसम्मकै बढी नयाँ संक्रमितकाे संख्या हाे । भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ३१ हजार ४२३ पुगेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ । त्यस्तै ज्यान गुमाउनेको संख्या ३ हजार ८६८ पुगेको छ भने ५४ हजार ३८५ मानिस उपचारपछि निको भएर घर फिर्किएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);