भारत एसियाकै महामारी केन्द्र बन्दै, एकैदिनमा साढे आठ हजार बढी संक्रमित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

भारत एसियाकै महामारी केन्द्र बन्दै, एकैदिनमा साढे आठ हजार बढी संक्रमित

covid-19-india

काठमाडौं, १९ जेठ । एसियाली देशहरू मध्ये सबैभन्दा बढी काेराेना भाइरस संक्रमितहरू भारतमा फेला परे सँगै एसियाकै महामारी केन्द्र बनेको छ्ह । आइतबार मात्रै त्यहाँ ८ हजार ७८२ नयाँ संक्रमित फेला परेकाे छ ।

शनिबार ८ हजार ३३६ जनामा संक्रमण पुष्टि भएकाे थियाे । आइतबार त्यहाँ २२३ जनाकाे मृत्यु भएकाे छ ।

याे सँगै भारतमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ५ हजार ४ सय ८ पुगेकाे छ भने संक्रमितकाे संख्या १ लाख ९० हजार ६०९ पुगेकाे छ । काेराेना संक्रमणका हिसाबले अहिले भारत एसियाकै १ नम्बरमा रहेकाे छ भने विश्वकै साताैँ नम्बरमा छ ।

संक्रमितमध्ये हाल ९१ हजार ८५२ मानिस उपचारपछि निको भएर घर फर्किएका छन् । भारतमा अहिले ९३ हजार ३ सयभन्दा बढीमा कोरोना भाइरस सक्रिय छ । उनीहरू उपचाररत छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);