भारतमा एकैदिन ६ हजार बढी थपिए संक्रमित | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

भारतमा एकैदिन ६ हजार बढी थपिए संक्रमित

covid-19-india

एजेन्सी, ९ जेठ । भारतमा कोरोना भाइरसको संक्रमण एकैदिनमा ६ हजार १९८ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख १८ हजार २२६ पुगेकाे छ ।

यसअघि मंगलबार एकैदिनमा ६ हजार १४७ नयाँ संक्रमित थपिएका थिए । बुधबार भने ५ हजार ५५३ नयाँ संक्रमित फेला परेका थिए । हालसम्म ज्यान गुमाउनेको संख्या ३ हजार ५८४ पुगेको छ ।

त्यहाँ बिहीबार मात्र कोरोना संक्रमणबाट १५० जनाकाे ज्यान गएकाे छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);