पैसा बाँड्ने क्रममा तीनजनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

पैसा बाँड्ने क्रममा तीनजनाको मृत्यु

एजेन्सी ९ जेठ।  श्रीलङ्काको राजधानी कोलम्बोमा पैसा बाँड्ने क्रममा भागदौड हुँदा तीनजनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

एक व्यापारीले कोरोना भाइरस महामारीका कारण समस्यामा परेका मानिसहरूलाई पैसा बाँडिरहेका थिए र त्यहाँ सयौं व्यक्ति जम्मा भएका थिए ।

श्रीलङ्काको प्रहरीका अनुसार ती व्यापारीले आफ्नो योजनाबारे कुनै जानकारी दिएका थिएनन् र आफू खुसी यस्तो गर्न कसैलाई पनि अनुमती थिएन । पैसा बाँड्ने  अरू ६ व्यक्तिलाई पनि पक्राउ गरिएको छ ।

केही रिपोर्टका अनुसार व्यापारी मुस्लिम थिए र रमजानको महिनाको समाप्तिका बेला ईदका लागि दान गरिरहेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);