भारतमा कोरोनाका कारण दैनिक मृत्यु हुनेको संख्या ३ सय नाघ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

भारतमा कोरोनाका कारण दैनिक मृत्यु हुनेको संख्या ३ सय नाघ्यो

एजेन्सी, १५ चैत । भारतमा कोरोना भाइरस संक्रमणका कारण दैनिक मृत्यु हुनेको संख्या ३ सय नाघेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा तीन सय १२ जनाको संक्रमणका कारण मृत्यु भएको छ । एकैदिन कोरोनाभाइरसको संक्रमण भएर मृत्यु हुनेको यो संख्या २०२१ कै उच्च हो । यसअघि गएको वर्ष डिसेम्बरमा पनि दैनिक मृत्यु हुनेको संख्या उच्च रहेको थियो ।

भारतमा पछिल्लो २४ घण्टामा थप ६२ हजार ७ सय १४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा संक्रमण हुनेको कुल संख्या एक करोड १९ लाख ७१ हजार ६सय २४ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा २८ हजार ७ सय ३९ जना संक्रमणमुक्त भएका छन् । योसँगै भारतमा संक्रमणमुक्त हुनेको कुल संख्या एक करोड १३ लाख २३ हजार ७ सय ६२ रहेका छन् ।

हाल भारतमा सक्रिय संक्रमितको संख्या चार लाख ८६ हजारभन्दा बढी छन् ।

भारतमा हालसम्म छ करोड २ लाख ६९ हजार भन्दा धेरैले कोरोनाविरुद्धको खोप लगाइ सकेका छन् ।

कोरोनाविरुद्धको खोप अभियान चलिरहेका बावजुत पनि भारतमा पछिल्लो समय कोरोना संक्रमण दर उच्च हुँदै गएको छ । भारतमा कोरोनाको पहिलो लहरभन्दा दोश्रो लहर खतरनाक हुन सक्ने विश्लेषण गरिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);