महाराष्ट्रमा आजदेखि रात्रिकालीन कर्फ्यू | ईमाउण्टेन समाचार

Our Network

फागुन २५ २०८०, शुक्रबार

महाराष्ट्रमा आजदेखि रात्रिकालीन कर्फ्यू

एजेन्सी, १५ चैत । कोरोना संक्रमण तीब्र भएसँगै भारतको महाराष्ट्र राज्यमा आइतबारदेखि रात्रिकालीन कर्फ्यू जारी गरिएको छ । बढ्दो संक्रमणलाई मध्येनजर गर्दै महाराष्ट्र सरकारले राति ८ देखि बिहान ७ बजेसम्म कर्फ्यू आदेश जारी गरेको हो । रात्रिकालीन कर्फ्यू अप्रिल १५ सम्म रहने बताइएको छ ।

भारतमा कोरोनाका कारण दैनिक मृत्यु हुनेको संख्या ३ सय नाघ्यो

साथै महाराष्ट्र सरकारले सार्वजनिक स्थलमा पाँच जनाभन्दा बढी भेला हुन रोक लगाएको छ भने यसको उल्लंघन गर्नेलाई एक हजार भारूसम्म जरिवाना तिराइने बताइएको छ । भारतका राज्यहरुमा महाराष्ट्रमा सवैभन्दा धेरै संक्रमित थपिंदै आएको छ ।

भारतमा कोरोना दोश्रो लहर पहिलो लहरभन्दा पनि खतरनाक हुने विश्लेषण गरिएको छ । पछिल्लो केही दिन यता भारतमा दैनिक संक्रमण हुनेको संख्या ६० हजार नाघेको छ भने दैनिक मृत्यु हुनेको संख्या तीन सय कटेको छ ।

सम्बन्धित समाचार

महाराष्ट्र राज्यमा मार्च २८ देखि रात्रिकालीन कर्फ्यू लगाइने


भारतमा अहिलेसम्म १ करोड १९ लाख मानिस कोरोना संक्रमित भएका छन् भने १ लाख ६१ हजार जनाको मृत्यु भएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);