भारतमा बढ्यो कोभिड संक्रमण, एकैदिन ७ हजारभन्दा बढी संक्रमित  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भारतमा बढ्यो कोभिड संक्रमण, एकैदिन ७ हजारभन्दा बढी संक्रमित 

नयाँ दिल्ली। भारतमा बिहीबार एकै दिन ७ हजार २ सय ४० जनामा कोभिड संक्रमित देखिएका छन् । यो अघिल्लो महिनाको तुलनामा ४० प्रतिशत बढी हो । महाराष्ट्र र केरलामा संक्रमण दर ह्वात्तै बढेको छ । तीन महिनापछि (९४ दिन) पहिलो पटक बुधबार दैनिक कोभिड संक्रमित दर ५ हजार नाघेको थियो । भारतमा अहिले ३२ हजार ४९८ जना सक्रिय संक्रमित छन् ।

केन्द्रिय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा दैनिक संक्रमण दर १ दशमलब ३१ प्रतिशत छ । साप्ताहिक संक्रमण दर भने २ दशमलब १३ छ ।

पछिल्लो २४ घन्टामा कोभिडबाट ८ जनाको मृत्यु भएको छ । यससँगै भारतमा अहिलेसम्म कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २४ हजार ७२३ पुगेको छ । भारतमा अहिलेसम्म कोभिडबाट ४ करोड ३१ लाख ९७ हजार ५२२ संक्रमित भएका छन् ।

बुधबार महाराष्ट्रमा २ हजार ७ सय १ जनामा कोभिड देखिएको थियो । यो संख्या २५ जनवरीपछिकै उच्च हो । संक्रमितमध्ये कम्तीमा ४२ प्रतिशत मुम्बईका रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);