पछिल्लो २४ घण्टामा दुई लाख ९५ हजार भन्दा बढी भारतमा संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पछिल्लो २४ घण्टामा दुई लाख ९५ हजार भन्दा बढी भारतमा संक्रमणमुक्त

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा दुई लाख ८ हजार ८ सय ८६ मा संक्रमण पुष्टि भएको छ ।

यो सँगै भारतमा संक्रमित हुनेको कुल संख्या २ करोड ७१ लाख ५६ हजार ३ सय ८२ पुगेको छ । ।

भारत दैनिक संक्रमित संख्या गिरावट आएको भएपनि संक्रमणका कारण मृत्यु हुनेको संख्या भने अझै घटेको छैन । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै भारतमा चार हजार १ सय ५७ संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ लाख ११ हजार ३ सय ८८ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा दुई लाख ९५ हजार ९ सय ५५ लगायत भारतमा संक्रमणमुक्त हुनेको संख्या दुई करोड ४३ लाख ५० हजार ८ सय १६ पुगेको छ ।

हाल भारतमा २४ लाख ९५ हजार ५ सय ९१ सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितको संख्या पनि दैनिक क्रमिक रुपमा घटिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);