चीनमा निर्मित कोरोनाविरुद्धको सिनोभ्याक खोप डब्लूएचओद्वारा अनुमति | ईमाउण्टेन समाचार

Our Network

चैत २४ २०८०, शनिबार

चीनमा निर्मित कोरोनाविरुद्धको सिनोभ्याक खोप डब्लूएचओद्वारा अनुमति

एजेन्सी । चीनमा निर्मित कोरोनाविरुद्धको सिनोभ्याक खोपले आपतकालिन प्रयोगको अनुमति पाएको छ ।

विश्व स्वास्थ्य संगठन डब्लूएचओले चीनमा निर्मित दोस्रो खोप सिनोभ्याकलाई पनि प्रयोगको अनुमति दिएको हो । यसअघि सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोपले डब्लूएचओबाट आपतकालिन प्रयोगको अनुमति पाएको थियो ।

अनुमतीसँगै विश्वभरि खोप वितरणका निम्ति स्थापित कोभ्याक्स कार्यक्रमले यो खोप पनि प्रयोग गर्न पाउने छ । खोपलाई १८ वर्षमाथि उमेरका मानिसहरूलाई लगाउन मिल्ने सिफारिस गरिएको छ भने दुई देखि चार साताको अन्तरालमा दुई मात्रा लगाउनु पर्ने जनाएको छ ।

डब्लूएचओको नेतृत्वमा सञ्चालन भइरहेको कोभ्याक्स कार्यक्रमले आयस्रोत कम भएका मुलुकलाई खोप उपलब्ध गराउँदै आएको छ । खोपको दुई मात्रा प्रयोग गर्नुपर्ने हुन्छ। डब्लूएचओका अनुसार पहिलो खोप लगाएको दुईदेखि चार सातापछि दोस्रो मात्रा लगाउनुपर्छ ।

खोपले लक्षण देखिएका आधाभन्दा बढीलाई गम्भीर बिरामी हुनबाट जोगाएको अध्ययनले देखाएको छ । सिनोभ्याकको यो खोप चीन, चिली, ब्राजिल, इन्डोनेशिया, मेक्सिको, टर्की र थाइल्यान्डमा यसअघि नै लगाउन थालि सकिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);