भारतमा पछिल्लो २४ घण्टामा २ लाख ३१ हजार भन्दा बढी संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०७९, शुक्रबार

भारतमा पछिल्लो २४ घण्टामा २ लाख ३१ हजार भन्दा बढी संक्रमणमुक्त

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा १ लाख ३२ हजार ७ सय ८८ मा संक्रमण पुष्टि भएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा भारतमा ३ हजार २ सय ७ संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ लाख ३५ हजार १ सय २ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टाका २ लाख ३१ हजार ४ सय ५६ लगायत भारतमा संक्रमणमुक्त हुनेको संख्या दुई करोड ६१ लाख ७९ हजार ८५ पुगेको छ ।

हाल भारतमा १७ लाख ९३ हजार ६ सय ४५ सक्रिय संक्रमित रहेका छन् ।

त्यसैगरी भारतमा हालसम्म २१ करोड ८५ लाख ४६ हजार भन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।

Leave a Reply