भारतमा पछिल्लो २४ घण्टामा २ लाख ११ हजार भन्दा बढी संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भारतमा पछिल्लो २४ घण्टामा २ लाख ११ हजार भन्दा बढी संक्रमणमुक्त

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा १ लाख ३४ हजार १ सय ५४ मा संक्रमण पुष्टि भएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा भारतमा २ हजार ८ सय ८७ संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ लाख ३७ हजार ९ सय ८९ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टाका २ लाख ११ हजार ४ सय ९९ लगायत भारतमा संक्रमणमुक्त हुनेको संख्या दुई करोड ६३ लाख ९० हजार ५ सय ८४ पुगेको छ ।

हाल भारतमा १७ लाख १३ हजार ४ सय १३ सक्रिय संक्रमित रहेका छन् ।

त्यसैगरी भारतमा हालसम्म २२ करोड १० लाख ४३ हजार भन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);