भारतमा पछिल्लो २४ घण्टामा ३१ हजार भन्दा बढी संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भारतमा पछिल्लो २४ घण्टामा ३१ हजार भन्दा बढी संक्रमणमुक्त

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ४६ हजार ७ सय ५९ नयाँ कोरोना संक्रमित थपिएका छन् ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा भएका १७ लाख ६१ हजार १ सय १० परीक्षणमध्ये ४६ हजार ७ सय ५९ मा संक्रमण पुष्टि भएको हो । यो संख्या पछिल्लो २ महिना यता कै उच्च रहेको छ । योसँगै भारतमा कुल संक्रमित संख्या तीन करोड २६ लाख ४९ हजार ९ सय ४७ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा पाँच सय ९ संक्रमितको मृत्यु भएको छ । यो सँगै भारतमा हालसम्म चार लाख ३७ हजार ३ सय ७० ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा ३१ हजार ३ सय ७४ संक्रमणमुक्त भएका छन् । योसँगै भारतमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ करोड १८ लाख ५२ हजार ८ सय २ पुगेको छ ।

भारतमा हाल सक्रिय संक्रमित ३ लाख ५९ हजार ७ सय ७५ रहेको छ ।

भारत सरकारले हालसम्म ६२ करोड २९ लाख ८९ हजारभन्दा बढी नागरिकलाई कोरोनाविरूद्धको खोप लगाईसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);