भारतमा पछिल्लो २४ घण्टामा ३९ हजार ७० संक्रमित, ४३ हजार ९१० संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

भारतमा पछिल्लो २४ घण्टामा ३९ हजार ७० संक्रमित, ४३ हजार ९१० संक्रमणमुक्त

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ३९ हजार ७० मा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएका १७ लाख २२ हजार २ सय २१ परीक्षणमध्ये ३९ हजार ७० मा संक्रमण पुष्टि भएको हो ।

योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड १९ लाख ३४ हजार ४ सय ५५ पुगेको छ ।

त्यसैगरी भारतमा पछिल्लो २४ घण्टामा संक्रमणका कारण मृत्यु भएको चार सय ९१ सहित कुल चार लाख २७ हजार ८ सय ६२ ले ज्यान गुमाईसकेका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा ४३ हजार ९ सय १० संक्रमणमुक्त भएका छन् । योसँगै भारतमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ करोड १० लाख ९९ हजार ७ सय ७१ पुगेको छ ।

भारतमा हाल सक्रिय संक्रमित चार लाख ६ हजार ८ सय २२ रहेको छ ।

भारत सरकारले हालसम्म ५० करोड ६८ लाख १० हजारभन्दा बढी नागरिकलाई कोरोनावि?द्धको खोप लगाईसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);