भारतले एकै दिन १ करोडभन्दा बढी कोरोनाविरद्धको खोप लगायो | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

भारतले एकै दिन १ करोडभन्दा बढी कोरोनाविरद्धको खोप लगायो

एजेन्सी । भारतले एकै दिन एक करोडभन्दा बढी कोरोनाविरुद्धको खोप लगाउन सफल भएको छ ।

भारतले शुक्रबार एकै दिन एक करोड ३ लाख ३५ हजार २ सय ९० कोरोनाविरुद्धको खोप लगाएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतले एकै दिन खोप लगाएको यो संख्या नै हालसम्मको उच्च हो ।

यसै उपलक्ष्यमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खोप वितरणमा यो संख्या हालसम्म कै उच्च रहेको रकर्ड कायम गरेको भन्दै यसलाई महत्वपूण उपलब्धि बताएका छन् । साथै उनले खोप लगाएका र खोप अभियान सफल बनाउनेहरु सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

भारतमा हालसम्म ६२ करोड २९ लाख ८९ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);