भारतमा हालसम्म ४५ लाख बढी व्यक्तिलाई कोरोनाविरुद्धको खोप दिइयो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

भारतमा हालसम्म ४५ लाख बढी व्यक्तिलाई कोरोनाविरुद्धको खोप दिइयो

एजेन्सी, २२ माघ । भारतमा हालसम्म ४५ लाख बढी व्यक्तिलाई कोरोनाविरुद्धको खोप दिइएको छ ।गत जनवरी १६ बाट सुरु भएको खोप अभियान अन्तर्गत यो संख्यामा खोप लगाइएका हो ।

हालसम्म खोप लगाउनेमा स्वास्थ्यकर्मीको संख्या बढी रहेका छन् । भारतमा हालसम्म संक्रमितको संख्या एक करोड सात लाख ९० हजारभन्दा बढी पुगिसकेको छ । गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १०७ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ५४ हजार ७०३ जना पुगेको छ ।

यसैबीच, भारत सरकारले देशका विभिन्न भागमा कोरोना परीक्षणलाई तीव्रता दिने जनाएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले बुधबारसम्म देशभर १९ करोड ९२ लाख १६ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । बुधबार एकै दिनमा मात्र सात लाख ४२ हजारभन्दा बढी व्यक्तिलाई परीक्षण गरेको जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);