भारतमा एकै दिन ६८ हजारभन्दा बढी संक्रमित | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

भारतमा एकै दिन ६८ हजारभन्दा बढी संक्रमित

एजेन्सी, १६ चैत । कोरोना भाइरसको दोश्रो लहरले भयावह बनेको भारतमा पछिल्लो २४ घण्टामा मात्रै ६८ हजार २ सय ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दैनिक संक्रमण दर उच्च हुँदै जाने क्रममा भारतमा पछिल्लो केही दिन यता दैनिक संक्रमण हुनेको संख्या ६० हजार नाघेको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा कोरोना संक्रमण हुनेको कुल संख्या एक करोड २० लाख ३९ हजार छ सय ४४ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा संक्रमणबाट भारतमा दुई सय ९१ जनाको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै भारतमा संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख ६१ हजार ८ सय ४३ पुगेको छ । हाल भारतभर सक्रिय संक्रमितको संख्या ५ लाखभन्दा बढी छ। भारतमा हालसम्म छ करोड ५ लाख ३० हजारभन्दा धेरैले कोरोनाविरुद्धको खोप लगाई सकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);