कोरोना अस्थायी अस्पताललाई सनराइज बैंकद्वारा स्वास्थ्य सामाग्री सहयोग | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

कोरोना अस्थायी अस्पताललाई सनराइज बैंकद्वारा स्वास्थ्य सामाग्री सहयोग

नवलपरासी । पश्चिम नवलपरासी जिल्लाको सुनवल नगरपालिकाद्वारा निर्माण गरिएको कोरोना अस्थायी अस्पताललाई सनराइज बैंक लिमिटेडले एक लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना अस्थायी अस्पताललाई बुधबार स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको हो ।

देशभर कोरोनाको दोस्रो भेरिएन्ट महामारीको रुपमा फैलिदै गएपछि सम्भावित संक्रमणको जोखिम रोकथाम र न्यूनीकरणका लागि स्वास्थ्य सामाग्री सहयोग गरेको सनराइज बैंक लिमिटेड सुनवल शाखाका प्रबन्धक प्रकाश खनालले बताए ।

उनका अनुसार बैंकले ५५ थान पिपिई र फेशसिल्ड, २ सय थान एन ९५ मास्क, ५० प्याकेट सर्जिकल मास्क, ४ प्याकेट सर्जिकल ग्लोब्स, १२ थान सेनिटाईजर र ४ प्याकेट नर्मल ग्लोब्स गरि १ लाख रुपैयाँ बराबरको स्वास्थ्य सुरक्षा सामाग्री अस्थायी कोरोना अस्पताललाई सहयोग गरेको हो ।

कोरोना महामारीको सुरुवात भए लगत्तै सुनवल नगरपालिकाले अक्सिजन सेवा सहितको १९ शय्याको आइसोलेसन सेन्टर निर्माण गरेको थियो भने पछिल्लो समय मिनि एचडीयु सेवा सहितको १० शय्याको अस्थायी कोरोना अस्पताल नगरपालिकाले सञ्चालनमा ल्याएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);