सनराइज बैंकद्धारा सैनीक अस्पतालका लागि ७० थान पिपिइ सहयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सनराइज बैंकद्धारा सैनीक अस्पतालका लागि ७० थान पिपिइ सहयोग

sunrise sahayog

काठमाडौं, १८ चैत । सनराइज बैंकले नेपाली सेनाको सैनीक अस्पतालका लागि व्यक्तिगत सुरक्षा सामाग्री पिपिइ हस्तान्तरण गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले मंगलबार भद्रकालिस्थित नेपाली सेनाको कार्यालयमा सैनिक कल्याणकारी कोषका प्रमुख सागर बहादुर केसी र सैनिक अस्पतालका डाक्टर नरेन्द्र बहादुर केसीलाई हस्तान्तरण गर्नुभएको हो ।

बैंकले ७० थान व्यक्तिगत सुरक्षा सामाग्री पिपिइ सहयोग स्वरुप उपलब्ध गराएको हो । त्यसमा ५० थान एक पटक मात्रै प्रयोग गर्न मिल्ने र २० थान पुन प्रयोग गर्न सकिने प्रकारका छन् ।

त्यसैगरी, पञ्जा, मास्क लगायतका सामाग्री पनि बैकले उपलब्ध गराएको छ । सैनिक अस्पतालका डाक्टर नरेन्द्र बहादुर केसीले बैकले उपलब्ध गराएको व्यक्तिगत सुरक्षा सामाग्री पिपिई लगायतले विरामीको स्वास्थ्य उपचारमा ठूलो मद्द्त पुग्ने बताउनुभयो ।

बैंकले यसअघि टेकु अस्पताल, विरअस्पताल, नेपाल प्रहरीको अस्पतालको साथै सबै प्रादेशिक अस्पतालहरुमा पिपिइ, मास्क लगायतका सामान सहयोग स्वरुप उपलब्ध गराईसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);