सनराइज बैंकले शुक्रराज र वीर अस्पताललाई दियो २५ थान पिपिइ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

सनराइज बैंकले शुक्रराज र वीर अस्पताललाई दियो २५ थान पिपिइ

ppe

काठमाडौँ, १५ चैत । सनराइज बैंकले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई व्यक्तिगत सुरक्षा सामाग्री पिपिइ हस्तान्तरण गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले शनिबार टेकुस्थित अस्पताल पुगि पिपिइ हस्तान्तरण गर्नुभएको हो ।

बैंकले पुन प्रयोग गर्न सकिने र एक पटक मात्र प्रयोग गर्न सकिने गरि दुई प्रकारका पिपिइ हस्तान्तरण गरेको छ । बैंकले अस्पताललाई उपलब्ध गराएका पिपिइमा ५ थान पुन प्रयोग गर्न सकिने र २० थान एक पटक मात्रै प्रयोग गर्न मिल्ने प्रकारका छन् ।

कोरोना भाइरसका शंकास्पद विरामीको परीक्षणका लागि चिकित्सकले लगाउनुपर्ने व्यक्तिगत सुरक्षा सामाग्री पिपिइ पर्याप्त नभएका कारण उपचार तथा परीक्षण नै प्रभावित भईरहका बेला बैकले पिपिइ उपलब्ध गराएको हो । बैंकले काठमाण्डौँ बाहेक ६ वटा प्रादेशिक अस्पतालमा पनि २५ थानका दरले पिपिइ उपलब्ध गराउने प्रमुख कार्यकारी अधिकृत शर्माले जानकारी दिनुभयो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शुशिल शर्माले व्यक्तिगत सुरक्षा सामाग्री पिपिइको सहयोगले कोरोना संक्रमितको उपचारमा ठूलो सहयोग मिलेको बताउनुभयो ।

बैंकले वीर अस्पताललाई पनि २५ थान पिपिइ उपलब्ध गराएको छ । सनिबार बिहान प्रमुख कार्यकारी अधिकृत पौडेल वीर अस्पताल पुगी अस्पतालका निर्देशक डाक्टर केदार सेन्चुरीलाई पिपिइ हस्तान्तरण गर्नुभएको हो । अस्पताललाई उपलब्ध गराईएको पिपिइमा ५ थान पुन प्रयोग गर्न मिल्ने र २० थान पुन प्रयोग गर्न नमिल्ने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);