गैह्रिधारा चोकमा सेमी पोर्टेबल ट्राफिक लाइट जडान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

गैह्रिधारा चोकमा सेमी पोर्टेबल ट्राफिक लाइट जडान

काठमाडौं, १५ माघ । काठमाडौँको गैह्रिधारा चोकमा सेमी पोर्टेबल ट्राफिक लाइटको प्रयोग गरिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको सक्रियतामा सनराइज बैंक लिमिटेडले निर्माण गरेको सेमी पोर्टेबल ट्राफिक लाइट गैह्रिधारामा प्रयोग गरिने भएको हो ।

बिहीबार सनराइज बैंक लिमिटेडले  एक कार्यक्रमकाबीच महानगरीय ट्राफिक प्रहरी महाशाखालाई सेमी पोर्टेबल ट्राफिक लाइट हस्तान्तरण गरेको छ । उक्त ट्राफिक लाइट गैह्रिधारा चोकमा राखिने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक जनक भट्टराईले बताउनुभयो ।

अबको शहर ट्राफिक प्रहरीले हात हल्लाएर मात्रै नचल्ने भन्दै उहाँले आगामी दिनमा महानगरलाई सभ्य सहर बनाउन प्रविधिको प्रयोगलाई बढाउने बताउनुभयो । ट्राफिक लाइटले गैह्रिधारा चोकलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

सनराइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेले बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक लाइट निर्माण गरिएको बताउनुभयो । यसले ट्राफिक नियमको पालना गराउन मद्दत पुग्ने तथा ट्राफिक व्यवस्थापनमा सहयोग पु¥याउने शर्माको भनाई छ । 

पौडेलले अन्य सामाजिक कार्यमा पनि बैंकले हातेमालो गर्दै जाने प्रतिबद्धता समेत जनाउनुभयो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);