पच्छिमी हावा सँगै बढेको चिसोको कारन जनजीवनमा नकारातमक असर | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

पच्छिमी हावा सँगै बढेको चिसोको कारन जनजीवनमा नकारातमक असर

पर्सा, १५ माघ । केहि दिन देखि पच्छिमी हावा सँगै बढेको चिसोको कारन जनजीवनमा नकारातमक असर परेको छ ।चिसोको कारन दैनिकी कामकाज पनी प्रभावित भएको हो । दिन रात चलिरहेको चिसो हावाको कारण बढेको शीतलहरले जीवन कस्टकर बनेको हो ।

बाक्लो हुसूले सवारी साधन चलाउन तथा पैदल यात्रा गर्न कठिन समेत भएको छ । अधिक रुपमा चिसो बढेपनि स्थानीय सरकारले आगो ताप्ने व्यवस्था ठाउ ठाउमा नगरेकोले स्थानियहरु आक्रोशित भएको छ । बारा र पर्सा बस पार्कमा आउने यात्रुहरुलाई जाड़ो छल्ने तत्काल व्यवस्था नभएको कारण यात्रुहरुलाई सस्ती भोग्नु परिरहेको साना तथा मझौला यातायात संघका प्रभु ठाकुरले बताए १ सार्वजानिक ठाउमा दाउराको व्यवस्था पालिकाहरुले गर्नु पर्नेमा न गरेको गुनासो पोखे ।

लामो दुरीबाट यात्रा गरेर आउने यात्रु लाइ कठ्याङ्ग्रिनु पर्ने बाध्यता रहेको ठाकुरको भनाइ रहेको छ ।टेम्पो मैजिक चालकहरुले चिसोबाट राहत पाउन गाडीको पुराणों टायर बालेको देखिएको थियो । दाउरा नभएर पुरानो टायर बालेको चालक अम्रित पाण्डेयले बताए ।

चिसोबाट जोगिनु पर्ने बैकल्पिक उपाए अपनाएको छू उनले भने स्थानीय सरकारले अहिलेको मौषममा जनताको ज्यान जोगाउनु पर्ने ध्यान दिनु पर्ने छ ।अचानक बढेको विद्यालयमा अध्यन गर्ने बालबालिका , बाटो हिड्ने बटुवा , सरकारी कार्यालयमा काम गराउन आउने सेवाग्राही ,खेतमा काम गर्ने किसानहरु , जेष्ठ नागरिक प्रभावित भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);