चिसोको कारण प्रदेश २ मा तीन जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

चिसोको कारण प्रदेश २ मा तीन जनाको मृत्यु

death body

जनकपुरधाम । केही दिनदेखि बढेको अत्यधिक  चिसोको कारण प्रदेश २ मा अहिलेसम्म तीन जनाको मृत्यु भएको छ ।

बुधबार मात्रै सिराहाको कल्याणपुर नगरपालिका–१ अर्नामाकी ६० वर्षीय पल्टी सदाको चिसो कारण मृत्यु भएको छ । सदाको बुधबार बिहानै घरमा चिसोले कठ्यांग्रिएर मृत्यु भएको स्थानीय वडाध्यक्ष राजाराम कामतिले जानकारी दिए । 

त्यसैगरि, धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ बस्ने ६० वर्षीय समुन्द्रीदेवी यादव र सप्तरीको महादेव गाउँपालिकाका–६५ वर्षीय  देवनारायण ठाकुरको  सोमबार चिसोको कारण मृत्यु भएको छ ।

यसैबीच, दिनभरि चल्ने चिसो हावा, बिहान र राती पर्ने शीतलले प्रदेश २ को जनजीवन प्रभावित हुँदै गएको छ । बुधबार बिहान ८ बजे जनकपुर– काठमाडौं उडान पर्ने बुद्ध एयरको जहाजले पनि उडान भर्न सकेन ।

चिसो बढेपछि बिहान र बेलुकी जनकपुरसहित यस क्षेत्रका बजारको जनजीवन प्रभावित बनेको छ । वृद्ध उमेर समूहका बिरामीको संख्या बढेको जनकपुरधामस्थित प्रादेशिक अस्पताल जनकपुरमा कार्यरत चिकित्सक केडि दासले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);