अत्याधिक चिसोको कारण पर्साका अधिकांश विद्यालय बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

अत्याधिक चिसोको कारण पर्साका अधिकांश विद्यालय बन्द

वीरगंज, ८ माघ । हुस्सो र शितहलरले बढ्दै गरेको चिसोका कारण पर्साका विद्यालयहरु बन्द भएका छन् । मध्य तराईसहित पर्सामा केही दिनदेखी एक्कासी बढेको चिसोको कारण पर्साका विद्यालयहरु बन्द भएको हो ।

चिसो हावासंगै बढ्दै गरेको हुस्सो र शितलहरले जनजिवन प्रभावित भएपछि पर्साका अधिकांश पालिकाले विद्यालय बन्द गरेका छन् । निरन्तर रुपमा चिसो घट्ने क्रम नरोकिएर बढ्दै गरेको अवस्थालाई मध्यनजर गर्दै पर्साको सखुवा प्रसौनी गाउँपालिमा माघ ७ गतेदेखी १० गते सम्मको लागी सबै विद्यालयलाई बन्द गरिएको गाउँपालिका अध्यक्ष प्रदिप जयसवालले जानकारी दिनुभयो । उहाँले माघ ११ गते आईबारदेखी सबै विद्यालय पूनः संचालन हुने जानकारी गराउनुभयो ।

अत्यधिक चिसोको कारण विधार्थीहरुको स्वास्थयमा पर्न सक्ने असरको सम्भावनालाई मध्यनजर गर्दै विन्दवासिनी गाउँपालिकाले पनि माघ ७ देखी ९ गतेसम्मको लागि विद्यालय बन्द गरेको गाउँपालिका शिक्षा समितिले सूचना निकालेको छ । नेपाल शिक्षक महासंघ विन्दवासिनी र विन्दवासिनी गाउँपालिकाबिच छलफल भई समुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरुको पठनपाठन पुनः दुई दिन बन्द गर्ने जानकारी गराईएको छ ।

यस्तै बहुदरमाई नगरपालिकाले पनि चिसोको कारण छात्रछात्रामा पर्ने प्रतिकुल असरलाई ध्यानमा राखी माघ ७ देखी ९ गते सम्म तीन वटा विद्यालय मात्रै बन्द रहने सूचना सार्वजनिक गरेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);