माघ ६ गते देखि १५ गते सम्म बेनी नगरपालिका भित्रका बिद्यालयहरु बन्द हुने | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

माघ ६ गते देखि १५ गते सम्म बेनी नगरपालिका भित्रका बिद्यालयहरु बन्द हुने

म्याग्दी । कोरोना संक्रमण बढे सँगै म्याग्दीको बेनी नगरपालिका भित्रका सवै विद्यालयहरु माघ ६ देखि १५ गते सम्मका लागि बन्द गरिने भएको छ । पछिल्लो समय बालबालिकाहरुमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै १० दिनका लागि पठनपाठन बन्द गर्ने निर्णय भएको बेनी नगरपालिकाले जनाएको छ ।

वढ्दो कोरोनाको जोखिम लाई मध्यनजर गर्दै माघ ६ गते देखि बेनी नगरपालिका भित्रका सबै शैक्षिक संस्थाहरु १५ गते अर्को निर्णय नहुदाँ सम्म बन्द हुने निर्णय भएको कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्माले जानकारी दिए । बुधवार बसेको नगरस्तरीय द्रुत प्रतिकार्यसमिति र विद्यालयका प्रधानाध्यापकहरुको संयुक्त वैठकले नगर भित्रका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको हो ।

पूर्वनिर्धारित परिक्षा कार्यक्रम सञ्चालन गरेका विद्यालयहरुका हकमा भने जनस्वास्थ्य र सुरक्षाका मापदण्ड अवलम्बन गरी जेड आकारमा बसाई व्यवस्थापन गरी सञ्चालन गर्ने तथा परिक्षा केन्द्रहरुमा मास्क र स्यानिटाइजरको प्रयोगलाई कडाईका साथ पालना गराउने निर्णय भएको बेनी नगरपालीकाले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);