जीतपुर बजारमा आगलागी हुँदा लाखौँकाे क्षति | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

जीतपुर बजारमा आगलागी हुँदा लाखौँकाे क्षति

श्याम गुप्ता
बारा, १५ माघ ।
बाराकाे जीतपुरमा आगलागी हुँदा लाखौँ रूपैयाँ मूल्य बराबारकाे क्षति भएकाे छ । जिल्लाकाे जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ गुदरी बजार स्थित न्यू आयुष किराना पसलमा बुधवार राती करिब ९ बजेकाे समयमा आगलागी भएकाे हाे ।

विद्युत सर्ट सर्किटका कारण आगलागी हुँदा साे पसलकाे गाेदाममा भण्डारण गरिएकाे अन्दाजी करिब ९० लाख रूपैंयाँकाे धनमाल जलेर पूर्ण रूपमा नष्ट भएकाे छ ।

जीतपुरसिमरा उपमहानगरपालिका र बिरगंज महानगरपालिकाबाट आएकाे वरूण यन्त्र, स्थानीय बासी, नेपाल प्रहरी, सशस्त्र प्रहरीकाे सहयोगमा ३ घण्टाकाे प्रयासमा आगाेलाई नियन्त्रणमा लिईएकाे प्रत्यदर्शीहरूले बताएका छन् ।

न्यू आयुष किराना पसलमा रहेकाे दाल, चामल, चिनी, नुन, खुर्सानी, मैनबत्ती, तेल, चिउरा, घ्यू लगायतकाे अन्दाजी ९० लाख रूपैंयाँ मूल्य बराबरकाे दैनिक उपभाेग्य बस्तुहरू पूर्ण रूपमा नष्ट भएकाे प्राेपराईटर माहावीर गुप्ताले बताए ।

यता आगलागी कसरी भएकाे बारेमा अहिले अनुसन्धान भईरहेकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);