भक्तपुरमा अपरिचित व्यक्ति मृत फेला | ईमाउण्टेन समाचार

Our Network

जेठ २८ २०८३, शुक्रबार

भक्तपुरमा अपरिचित व्यक्ति मृत फेला

death body

सुबास चौलागाई
भक्तपुर, १५ माघ ।
भक्तपुरमा एक अपरिचित पुरुष मृत फेला परेका छन । मध्यपुर ठिमी नगरपालिका १ लोकन्थली मनहरा सडक खण्डमा भएको दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।

भक्तपुरको लोकन्थलीबाट कोटेश्वर जाने लेनमा अन्दाजी ५०-५२ वर्षीय पुरुष मानिस लडिरहेको सूचना प्रहरीलाई प्राप्त हुनासाथ गए राति गस्तीमा रहेको प्रहरी नायब निरीक्षक प्रकाश बगालेको कमाण्डको टोली तत्कालै पुगी घाइतेलाई मध्यपुर ठिमी अस्पताल भक्तपुर पु¥याउँदा चिकित्सकले मृत्यु भएको जानकारी गराएको भक्तपुर प्रहरी प्रमुख तारा थापाले जानकारी दिनुभयो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार दुर्घटना गराउने सवारी साधनको सम्बन्धमा महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट प्रहरी निरीक्षक नवराज थापाको कमाण्डको टोलीले तत्कालै खोजतलास तथा अनुसन्धान गर्दा यो समाचार तयार गर्दा सम्म खुल्न नसकेको प्रहरी प्रमुख थापाले इमाउन्टेन टेलिभिजनलाइ बताउनुभयो ।

मृतकको साथमा पहिचान खुल्ने कुनै कागजात तथा मोबाईल फोन समेत नभएको हुँदा मृतक के, कहाँको र के हुन भन्ने जाकारी खुल्न नआएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत दीपक गिरीले बताउनुभयो । सो सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ।

मृतक कालो ट्राउजर ,कालो धर्के सर्ट, र खैरो जुत्ता लगाएको ब्यक्ति रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

Test Post Created

६ घन्टा अघि

Test Post Created

६ घन्टा अघि

Test Post Created

७ घन्टा अघि

15 Knowledge That will Replace your Mental health

१२ घन्टा अघि