भारतमा पछिल्लो २४ घण्टामा १ लाख ९७ हजार भन्दा बढी संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

भारतमा पछिल्लो २४ घण्टामा १ लाख ९७ हजार भन्दा बढी संक्रमणमुक्त

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा १ लाख २१ हजार ४ सय ७६ मा संक्रमण पुष्टि भएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा भारतमा ३ हजार ३ सय ८० संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ लाख ४४ हजार ८२ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टाका १ लाख ९७ हजार ८ सय ९४ लगायत भारतमा संक्रमणमुक्त हुनेको संख्या दुई करोड ६७ लाख ९५ हजार ५ सय ४९ पुगेको छ ।

हाल भारतमा १५ लाख ५५ हजार २ सय ४८ सक्रिय संक्रमित रहेका छन् ।

त्यसैगरी भारतमा हालसम्म २२ करोड ३८ लाख ६० हजार भन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);