भियतनाममा कोरोना भाइरसको नयाँ भेरिएन्ट देखिएसँगै सामूहिक परीक्षण सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

भियतनाममा कोरोना भाइरसको नयाँ भेरिएन्ट देखिएसँगै सामूहिक परीक्षण सुरु

एजेन्सी । भियतनाम सरकारले कोरोना भाइरसको नयाँ भेरिएन्टको सामूहिक परीक्षण सुरू गरेको छ ।

हो ची मिन्ह शहरमा जोखिममा रहेको भन्दै सामूहिक रुपमा कोरोना परीक्षण सुरु गरिएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अब प्रत्येक दिन १ लाख भन्दा बढी व्यक्तिहरूको परीक्षण गर्ने योजना रहेको बताइएको छ ।

अधिकारीहरूले परिक्षणका साथै शहरमा १५ दिनका लागि नयाँ सामाजिक दूरीका उपायहरू घोषणा गर्दै पसल र रेस्टुरेन्टहरू बन्द तथा धार्मिक गतिविधिहरूमा समेत प्रतिबन्ध गरिएको छ ।

साताको अन्त्यमा अधिकारीहरूले देशमा देखा परेको नयाँ भेरिएन्ट धेरै खतरनाक रहेको बताएका थिए । नयाँ भेरियन्ट भारत र बेलायतमा पहिचान गरिएका भेरियन्टको पनि हाइब्डि रहेको र हावाबाट पनि सजिलै सर्नसक्ने बताइएको छ ।

स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी उच्च जोखिममा रहेका समूहहरूलाई केन्द्रित गर्दै परिक्षण बढाइने जनाइएको छ । भियतनाममा हालसम्म ७ हजार जना संक्रमित हुँदा ४७ जनाको मृत्यु भएको छ ।

यद्यपि पछिल्लो नयाँ भेरियन्ट देखा परेसँगै एकै पटक १ सय २५ नयाँ संक्रमित थपिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);