बेलायतमा कोरोनाको 'डेल्टा भेरियन्ट' फैलिएपछि पुन: लकडाउन | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

बेलायतमा कोरोनाको ‘डेल्टा भेरियन्ट’ फैलिएपछि पुन: लकडाउन

एजेन्सी । कोरोना भाइरसको संक्रमण बढेपछि बेलायतमा लकडाउन लम्बिएको छ । आउँदो जुलाई १९ तारिखसम्म लकडाउन लम्ब्याइएको छ । कोरोना भाइरसको डेल्टा भेरियन्ट फैलिएपछि लकडाउन फेरि थप गरिएको हो ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले डेल्टा भाइरसबाट संक्रमित हुनेको संख्यामा कमी नआएको र दैनिक रुपमा अस्पताल भर्ना हुनेहरुको संख्या बढ्दै गएकाले लकडाउन लम्बाइएको बताएका छन् ।

जुलाई १९ पछि अवस्था सामान्यतर्फ फर्किने आशा व्यक्त गर्दै उनले ४० वर्षभन्दा माथिका सबै नागरिकलाई कोरोना विरुद्धको दोश्रो डोजको खोप उपलब्ध गराइने पनि बताएका छन् ।

बेलायतमा अहिलेसम्म ४५ लाख ७३ हजारभन्दा धेरैलाई कोरोना संक्रमण भएको छ भने एक लाख २७ हजारभन्दा धेरैको ज्यान गएको छ ।
०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);