चीनको सैन्य तथा आणविक गतिविधिले विश्वमा गम्भीर सुरक्षा चिन्ता थपिएको: नेटो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

चीनको सैन्य तथा आणविक गतिविधिले विश्वमा गम्भीर सुरक्षा चिन्ता थपिएको: नेटो

एजेन्सी । उत्तर एटलान्टिक सन्धि संगठन नेटोका नेताहरुले चीनको सैन्य तथा आणविक गतिविधिले विश्वमा गम्भीर सुरक्षा चिन्ता थपिएको बताएका छन् ।

ब्रसेल्समा बसेको नेटोको बैठकले चीनले तीव्र गतिमा परमाणु क्षमता बिस्तार गरिरहेको र आफ्ना सैनिकको आधुनिकिकरणका सम्बन्धमा अपारदर्शी रहेको ठहर गरेको छ ।

साथै चीनले रुसी सैनिकसँग सहकार्य गरेको आरोप पनि नेटोले लगाएको छ । नेटोका जेन्स स्टोल्टेनबर्गले चीन सैन्य तथा प्राविधिक शर्तहरुमा नेटो नजिक आएको भन्दै चेतावनी दिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

तर नेटो चीनसँग नयाँ शित युद्धको पक्षमा नरहेकोसमेत स्पष्ट पारिएको छ । नेटो युरोप र उत्तर अमेरिकाका ३० शक्तिशाली देशबीचको सैन्य तथा राजनीतिक सहकार्यको संगठन हो जो पछिल्ला वर्षहरुमा संगठनको उद्देश्य र कोषको स्रोतलाई लिएर विवादमा देखिएको छ ।

खासगरी अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएपछि तनाव बढेको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);