तालिवानद्धारा नेटो सेना र अफगानी सरकारसँग काम गरेका नागरिकलाई घर–घर पुगेर खोज्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

तालिवानद्धारा नेटो सेना र अफगानी सरकारसँग काम गरेका नागरिकलाई घर–घर पुगेर खोज्दै

एजेन्सी । अफगानिस्तानमा सत्ता कब्जा गरेका तालिवान विद्रोहीहरुले नेटो सेना र अफगानी सरकारसँग काम गरेकाहरूको खोजी कार्यलाई तीव्रता दिएको छ ।

पछिल्ला २० वर्षमा नेटो तथा अफगानी सरकारसंग काम गरेका मानिसको खोजी कार्यलाई तालिवानीले तीब्रता दिएका हुन् । उनीहरुले घर घरमा पुगेर धम्क्याउने गरेको दाबी विभिन्न गैरसरकारी संस्थाहरुले गरेका छन् ।

राष्ट्रसंघका लागि काम गर्ने नर्वेजियन सेन्टर फर ग्लोबल एनालाइसिस लगायतका आइएनजीओहरुले यस अघिका संस्थापन र नेटोका सहयात्रीहरुलाई यस्तो धम्की दिएको दाबी गरेको हो । उनीहरुले आत्मसमर्पण नगरे पक्राउ गरेर कारबाही गर्ने चेतावनी तालिवानले दिएको बताईएको छ ।

त्यस्ता सहयोगीहरुमाथि सामूहिक मृत्युदण्डको सजाय हुनसक्ने चेतावनी पनि तालिवानीले दिएको ती संस्थाहरुले दिएका छन् । उता, दोस्रोतर्फ तालिबान नेतृत्व भने अफगानिस्तानमा कब्जा जमाएपछि कुनै प्रकारको बदला नलिने भनेर अफगानिस्तानका जनतालाई भरोसा दिलाउने प्रयास गरिरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);