गरिबीबिरुद्व जुध्ने तालिवान काइदाः बेरोजगारलाई बिकास निर्माणमा खटाएर ज्यालाको सट्ट गहुँ वितरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

गरिबीबिरुद्व जुध्ने तालिवान काइदाः बेरोजगारलाई बिकास निर्माणमा खटाएर ज्यालाको सट्ट गहुँ वितरण

एजेन्सी । तालिवानले १५ अगस्टमा सत्ता कब्जामा लिएपछि अफगानिस्तानमा चरम आर्थिक संकट छ । हजारौं व्यक्ति बेरोजगार छन् । गरिबीकाकारण दैनिक उपभोग्य बस्तुको अभावमा हजारौं अफगानी भोकभोकै मर्ने अवस्थामा छन् । भोकमरी बढेपछि तालिवान सरकारले विशेष कार्यक्रम ल्याएको छ । बेरोजगार र आर्थिक कठिनाईको सामना गरेका व्यक्तिलाई काम लगाएर त्यसको सट्टा सरकारले गहुँ प्रदान गर्ने भएको छ ।

यस योजनाअन्तर्गत अफगानिस्तानमा प्रमुख सहर र बजारमा हजारौ बेरोजगारलाई विकास निर्माणका काममा तैनाथ गरिएको छ । उनीहरुले विद्युत, खानेपानी, सडक, पुल भवन निर्माणजस्ता क्षेत्रमा काम गर्नेछन र ज्यालाको सट्टा गहुँ दिइनेछ । ‘बेरोजगारबिरुद्ध जुध्नका लागि यो एउटा महत्वपूर्ण खुड्किलो हो,’ तालिवान प्रवत्ता जाबीहुल्लाह मुजाहिदले राजधानीमा आयोजित पत्रकार सम्मेलनमा भने । 

दुई महिने कार्यक्रमअन्तर्गत देशव्यापी रुपमा ६५ हजार ६ सय टन गहुँ वितरण गरिनेछ । यो कार्यक्रम हेरात, जलालाबाद, कान्दहर, मजार इ शरिफलगायतका क्षेत्रमा सञ्चालन गरिनेछ ।उनले श्रमिकले कडा मिहिनेत गर्नुपर्ने बताए । गरिबी, खडेरी, लोडसेडिङलगायतका समयस्या सामना गरेको अफगानिस्तानमा हिउँदको सुरुवातसँगै चिसोको समस्या बढ्ने देखिन्छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);