अफगानिस्तानमा सांसद पदका उमेदवारको गोली हानि हत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अफगानिस्तानमा सांसद पदका उमेदवारको गोली हानि हत्या

goli parahar

चुनावको तयारी आरम्भ भए यता हालसम्म ५७ जनाको मृत्यु

एजेन्सी, १० असोज । अफगानिस्तानमा आगामी २० अक्टोबरमा हुने आम निर्वाचन बिथोल्न तालिवान र इस्लामिक स्टेट्स समुहले आक्रमण जारी राख्दा मतदाताहरु भयभित बन्दै गएका छन् । कान्दाहारमा एक जना सांसद पदका उमेद्वारको गोली हानि हत्या भएको छ ।

अफगानिस्तानमा विभिन्न कारणले स्थगित हुँदै आएको संसदीय निर्वाचन आगामी २० अक्टोबरमा गर्ने तय भएको छ । तर निर्वाचन भाँड्ने समुह सक्रिय छन् । तालिवान र इस्लामिक स्टेट समुहले चुनाव हुन नदिन हत्या हिंसा बढाएका छन् ।

पछिल्लो घटनामा आतंकवादीहरुले कान्दाहारमा आम निर्वाचनका लागि सांसद पदका उम्मेद्वार मोहम्मद नासिर मुवाराजलाई गोली प्रहार गरी हत्या गरेका छन् । घटना स्थलमा मृत्यु भएका नासिरका परिवारले सुरक्षा प्रदान गर्न नसक्ने सरकारले रक्तपातपुर्ण निर्वाचन गराउनुको औचित्य माथि प्रश्न उठाएका छन् ।

मतदाताहरुले शान्तिपुर्ण चुनाव चाहेका छन् । शान्ति र स्थिरता कायम हुन नसके अफगानिस्तानको भविष्य झन् नराम्रो हुने मतदाताहरुको भनाइ छ । अफगानिस्तानमा निर्वाचनका लागी ९० लाख भन्दा बढिले मतदाता नामावलीमा नाम दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।

भिडियो हेर्नुस् :

२ सय ४९ सदस्यीय संसदको तल्लो सदनका लागी चुनावी प्रतिस्पर्धा तिब्र हुने आंकलन गरिएको छ । निर्वाचन आयोगले चुनावका लागी भरपर्दो सुरक्षा व्यवस्था मिलाएको दावि गरेको छ ।

उमेद्वारहरुलाई सुरक्षाकर्मी उपलब्ध गराएता पनि उमेद्वार लक्षित आक्रमण बढ्दै गएको छ । यो चुनावको तयारी आरम्भ भएयता ५७ जनाको हत्या भएपछि मतदाताहरुमा डर, भय र त्रास बढ्दै गएको अफगानी संचारमाध्यमहरुले जनाएका छन् ।

यसैबीच संयुृक्त सुरक्षाकर्मीको कारबाहिमा यो साता अफगानिस्तानमा ९ जना सर्वसाधारणको मृत्यु भएको छ । आतंकवादी विरुद्ध संयुक्त सुरक्षा फौजले हवाई कारबाहि गर्दा त्यसको चपेटामा सर्वसाधारण व्यक्तिहरु पनि पर्ने गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);