मध्यावधी निर्वाचन सम्बन्धमा अमेरिकी आरोपप्रति चीनको आपत्ति | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

मध्यावधी निर्वाचन सम्बन्धमा अमेरिकी आरोपप्रति चीनको आपत्ति

काठमाडौं, ११ असोज । अमेरिका र चीनबीचको तिक्तता बढ्दै गएपछि अमेरिकामा आगामी मध्यावधी चुनावको विषयलाई लिएर राष्ट्रपति डोनाल्ड ट्रम्पले सो चुनावमा चीनले हस्तक्षेप गर्ने कुरा विश्वका नेताहरु समक्ष दिएको अभिव्यक्ति प्रति चीनले आपत्ति जनाएको छ ।

राष्ट्रपति ट्रम्पले संयुक्त राष्ट्रको सुरक्षा परिषदमा यो बिषय राखेपछी चीनले त्यसको प्रतिवाद गरेको हो । अमेरिका र चीनबीच पछिल्लो केहि समय यता सम्वन्ध चिसिँदै गएको छ । दुबै देशबीच व्यापार युद्ध बल्झिँदै गएपछि एक अर्काको उत्पादनमा शुल्क लगाउने कामले दुबै देशको उत्पादनको बिक्री बजार प्रभावित बनेको छ ।

गत सेप्टेम्बरमा अमेरिकाले चिनियाँ उत्पादनमा २ सय बिलियन डलर शुल्क लगाउने घोेषणा गरेपछी सम्बन्धमा तिक्तता आएको हो ।

भिडियो हेर्नुस्:

चीन पनि के कम जवाफमा अमेरिकी उत्पादनमा शुल्क लगाउने घोषणा गरयो । जस्ताको त्यस्तै व्यवहार देखाएपछि शैन्य सम्वन्धमा त्यसको असर देखा पर्यो । चीनले अमेरिका भ्रमण गर्न पुगेका चीनका नौसेना प्रमुखलाई फिर्ता बोलाएर दुबै देश बीचको सैन्य वार्ता स्थगित गराएर चर्चा प्राप्त गर्यो ।

त्यसपछि अमेरिकी नौसेनाको एउटा जहाजलाई हंगकंग बन्दरगाहमा रोक्न प्रतिबन्ध लगाए । यस अघि साउथ चाइना सी मा अमेरिका र चीनको हवाइ गस्तीले पनि दुबै देशबीच तनाव बढाएको छ ।

अब आएर अमेरिकी चुनावको विषयले बहसमा चर्चा पाएपछि अमेरिका र चीनमा चाँसो बढेको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले न्यूयोर्कमा संयुक्त राष्ट्र सुरक्षा परिषदको बैठकमा बुधवार विश्वका शीर्ष नेताहरुको उपस्थितमा आगामी ६ नोभेम्वरमा अमेरिकामा हुने मध्यावधि चुनावमा चीनले हस्तक्षेप गर्ने कुरा उठाएका थिए ।

अमेरिकी राष्ट्रपतिले चीनतर्फ आफ्नो भनाई लक्षित गर्दै व्यापार मुद्दामा चीनलाई चुनौती दिएकोले मेरो पार्टी र मेरो जित चीनले नचाहेको बताएका थिए ।

चीनले भने अमेरिकी आरोपलाई प्रतिवाद गरेको छ । चीनका विदेश मन्त्री वागं यी ले चीन अन्य देशको आन्तरिक मामिलामा दखल नदिने बताए । उनले चीनले अन्य देशको आन्तरीक मामिलामा हस्तक्षेप नगरेको दाबी गरे ।

यसैगरी चीनको विदेश मन्त्रालयले बिहीवार बेइजिङ्गमा पत्रकार सम्मेलन मार्फत अमेरिकी राष्ट्रपति ट्रम्पको आरोपको खण्डन गर्दै चीनले अरु देशको आन्तरिक मामिलामा हस्तक्षेप नगरेको र नगर्ने नीति लिएको खुलस्त पारेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);