अफगानिस्तानको तल्लो सदनको निर्वाचनमा रक्तपात हुने आशंका | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

अफगानिस्तानको तल्लो सदनको निर्वाचनमा रक्तपात हुने आशंका

afghan election

एजेन्सी, २८ असोज । अफगानिस्तानमा यही अक्टोबर २० तारिखका दिन संसदको तल्लो सदनको निर्वाचन हुदै छ । उमेद्वारहरु प्रचारप्रसारमा लागेका छन् । तालिवान विद्रोहि भने निर्वाचन भाड्न तल्लिन छन् । तालिवान विद्रोहिको पछिल्लो आक्रमणमा २२ जनाको मृत्यु भएको छ ।

अफगानिस्तानका जनता चुनावमार्फत आफ्ना जनप्रतिनिधि रोज्न अक्टोबर २० पर्खेर बसेका छन् । तर, तालिवान विद्रोहीहरुले सो चुनाव बहिस्कारको नारा दिदै ठाउँ ठाउँमा आक्रमण गर्दै आएपछि मतदाताहरु आतंकित बनेका छन् ।

यहि २० अक्टोबरका दिन अफगानिस्तानमा हुने संसदको तल्लो सदनको निवार्चनको प्रचार प्रसारमा तिव्रता दिइएको छ । २ हजार ५ सय बढि उम्मेदवारहरुले मनोनयन पत्र दर्ता गराएका छन् । मतपत्र १५ पृष्ठको बनाइएपछि मतदाताहरु अलमलमा परेका छन् । एकातिर असल र सहि उमेद्वार छनोट गर्नुपर्ने चुनौति छ भने अर्कोतर्फ चुनाव बहिस्कारको नारा दिएर तालिवान विद्रोहिहरुले धम्काउन थालेका छन् ।

तालिवानहरुको पछिल्लो आक्रमण एउटा चुनावी सभामा भएको छ । जहा झण्डै २ दर्जन व्यक्तिहरु बम विस्फोटमा मारिएका छन् । देशभरबाट हिंसाको खबर आइरहँदा चुनाव रक्तपातपुर्ण हुने संभावना रहेको संचारमाध्यमहरुले जनाएका छन । मतदाताहरुलाई ज्यान जोखिममा राखेर मतदान गर्नुपर्ने अवस्था छ ।

सुरक्षाअधिकारीहरुले सुरक्षाको भरपर्दो प्रबन्ध मिलाइएको दावि गरेता पनि यो निर्वाचनमा पनि पहिले झै तालिवान र इस्लामिक स्टेटले कारबाहि गर्ने धम्कि दिएपछि मतदानकेन्द्रमा आक्रमण नहोला भन्न सकिन्न ।

उम्मेदबारहरुले चुनावी सुरक्षा कडा पार्न सरकारसँग जोडदार माग गरेका छन् । उता मानवअधिकारकर्मी र चुनाव पर्यवेक्षकहरुले पनि सुरक्षाको बन्दोबस्त कडा बनाउन अफगान सरकारको ध्यानाकर्षण गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);