राष्ट्रसंघ महासभामा ट्रम्प र म्याक्रोंबीच वाद-प्रतिवाद | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

राष्ट्रसंघ महासभामा ट्रम्प र म्याक्रोंबीच वाद-प्रतिवाद

macron vs trump

एजेन्सी, १० असोज । फ्रान्सका राष्ट्रपति इमानुयल माक्रोंले संयुक्त राष्ट्रसंघको महासभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइ प्रति कडा प्रतिवाद गरेका छन् ।

ट्रम्पले महासभालाई सम्बोधन गर्दै आफू प्रत्येक देशको परम्परा, विश्वास र मूल्य–मान्यताको अधिकारलाई सम्मान गर्ने तर अरुले पनि अमेरिकाको सम्प्रभुतालाई सम्मान गर्नुपर्ने बताएका थिए । ट्रम्पले राष्ट्रवादलाई अमेरिकी नागरिकको अधिकार र स्वतन्त्रताको रक्षा गर्ने एकमात्र विकल्पका रुपमा अघि सारेका थिए ।

ट्रम्पको सम्बोधनलगत्तै महासभालाई सम्बोधन गर्दै फ्रान्सेली राष्ट्रपति माक्रोंले सम्प्रभुताको सिद्धान्त मान्न आफुले कहिल्यै अस्वीकार नगरेको तर यसलाई हतियारको रुपमा प्रयोग गर्न नहुने बताएका छन । उनले यस्ता विषयमा सम्वाद गर्न जरुरी रहेको भन्दै शक्तिशाली राष्ट्रले बनाएको कानूनमा आफूले विश्वास नगर्ने बताएका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);