अमेरिका चुनावः नोभेम्बरको चुनावमा धाँधली हुने ट्रम्पको दाबी | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

अमेरिका चुनावः नोभेम्बरको चुनावमा धाँधली हुने ट्रम्पको दाबी

एजेन्सी, ९ भदौ । अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पले विपक्षी डेमोक्र्याटहरू नोभेम्बरको चुनाव धाँधली गर्न लागिपरेको दाबी गर्नुभएको छ । दोस्रो कार्यकालका निम्ति राष्ट्रपतिको उम्मेदवार बनाउन रिपब्लिकन दलले स्वीकृती दिए लगत्तै दलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले यस्तो बताृनुभएको हो ।

आफूलाई जिताए अमेरिका अघि बढ्ने बताउँदै ट्रम्पले यो चुनाव आफ्नो पार्टीले जित्नैपर्ने र इतिहासकै सबैभन्दा महत्वपूर्ण चुनाव हुने बताउनुभएको छ । हुलाकमार्फत् गरिने मतदानलाई डेमोक्र्याटहरूले दुरुपयोग गरेर चुनावमा धाँधली गर्न लागेको आरोप ट्रम्पको छ । देश अत्यन्त खराब दिशामा जान सक्ने संकेत गर्दै उहाँले पुनः रिपब्लिकन दलले जित्नुपर्ने बताउनुभएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);