पूर्वराष्ट्रपति ट्रम्प अझै पनि कोरियाली तानाशाह किमसँगको सम्पर्कमा हुन्छन् | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

पूर्वराष्ट्रपति ट्रम्प अझै पनि कोरियाली तानाशाह किमसँगको सम्पर्कमा हुन्छन्

एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफू कोरियाली तानाशाह किम जोङ उनसँगको सम्पर्कमा रहेको आफ्ना साथीहरुलाई बताएका छन् । पूर्व राष्ट्रपतिबारे लेखिएको नयाँ पुस्तक ट्रम्प दी कन्फिडियन्स मेन मा लेखकले यस्तो खुलासा गरेकी हुन् ।

किम ट्रम्पको सम्पर्कमा रहेका एक मात्र विदेशी नेता रहेको हुन सक्ने पत्रकार तथा लेखक म्यागी ह्याबरम्यानले बताएकी छन । तर, उनले यो पनि भनेकी छिन कि दाबी प्रमाणित गर्न नसकिने वा सत्य नहुन पनि सक्छ । 

दुई जनाबीच पत्र आदान प्रदान गरेपछि आफू र किम ‘प्रेममा परेको’ ट्रम्पले सन् २०१८ मा बताएका थिए । तर, कोरियाली प्रायद्धीप निशस्त्र पार्ने बारेमा सम्झौता गर्न उनीहरु बिफल भएका थिए । 

आणविक र मिसाईल कार्यक्रमका कारण अन्तर्राष्ट्रिय समुदायबाट एक्लिदै गएको उत्तर कोरियालाई मनन गर्दा पूर्वराष्ट्रपति ट्रम्प र किमबीचको संवादलाई अत्यधिक अस्वभाविक मानिनेछ । राष्ट्रसंघको संकल्प प्रस्ताव उल्लंघन गर्दै उत्तर कोरियाले व्यालिस्टिक मिसाइल परीक्षण गरेको छ । 

‘हामीले जानेअनुसार यो सम्बन्धमा ट्रम्पको उन्माद (लत) थियो’ न्युयोर्क टाइम्सका पत्रकारसमेत रहेकी ह्याबरम्यानले सीएनएनसँग भनिन् ।  ‘ट्रम्पले के भन्छन र वास्तवमा के भइरहेको छ भन्ने कुरा हमेशा कन्सर्टमा हुन्न । तर, उनले किमसँग पत्र व्यवहार वा छलफल कायम राखेको ट्रम्पले मानिसहरुलाई बताउँदै आएका छन्,’ उनले भनेकी छिन । 

उत्तर कोरियाको आणविक कार्यक्रमलाई लिएर पूर्वराष्ट्रपति ट्रम्पले किमसँग दुई पटकसम्म शिखर वार्ता गरेका थिए, यद्यपी दुबै वार्ता बिना निस्कर्ष टुंगिएका थिए । राष्ट्रपतिहरुको रेकर्ड अभिलेख संरक्षणको व्यवस्थान गर्ने सरकारी निकाय नेसनल अर्काइम्सले गत महिना ट्रम्पबाट पुनः प्राप्त भएका १५ बक्स पत्रमा किमबाट प्राप्त पत्राचारलगायतका कागजात छन् । 

ह्वाइटहाउस छोड्ने वित्तिकै ती कागजपत्र नेसनल अर्काइम्सलाई फर्काउनु पथ्र्यो । तर, त्यसलार्ई फ्लोरिडास्थित उनको आवासमा लगिएको थियो । वासिंगटन पोस्टका अनुसार ह्वाईटहाउसमा ट्रम्पको रेकर्ड ह्यान्डलिङबारे जाँच गर्न नेसनल अर्काइभ्सले कानुन मन्त्रालयलाई निर्देशन दिएको थियो । तर, यसबारे कानुन मन्त्रालयले कुनै टिप्पणी नगरेको बीबीसीले जनाएको छ । 

यसैबीच, तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभको एउटा समितिले ट्रम्पका कागजातमाथि छानविन सुरु गरेको जनाइएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);