पाकिस्तानको सहयोगमा तालिवानी आतंकवादी फरफराउँदै | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

पाकिस्तानको सहयोगमा तालिवानी आतंकवादी फरफराउँदै

एजेन्सी, २ असोज । संयुक्त राष्ट्रसंघमा भारतका स्थाई प्रतिनिधि सैयद अकबरुद्धिनले तालिवान आतंकवादीहरुलाई पाकिस्तानले सहयोग गरिरहेको आरोप लगाएका छन् । उनले आर्थिक सहयोग प्राप्त गरेकै भरमा तालिवानले अफगानिस्तानमा शैन्य कारवाही र हिंसा जारी राखेको दाबी गरेका छन् ।

तालिवानलाई योजनाबद्ध ढंगले सहयोग गर्ने अफगानिस्तानका छिमेकी राष्ट्रहरु जबसम्म पछि हट्दैनन् तबसम्म अफगानिस्तानमा शान्ति नहुने सुरक्षा विद्हरुले ठोकुवा गरिरहँदा भारतले तालिवानलाई पाकिस्तानले सघाएको आरोप लगाएको हो ।

संयुक्त राष्ट्रमा भारतका स्थाई प्रतिनिधि सैयद अकबरुद्धिनले तालिवान आतंकवादिहरुलाई पाकिस्तानले सहयोग गरिरहेको गम्भिर आरोप लगाए । उनले तालिवानले आर्थिक सहयोग प्राप्त गरिरहेसम्म अफगानिस्तानमा हिंसा जारी नै रहने उल्लेख गरे ।

अकबरुदीनले तालिवानले आफ्नो समर्थकको सहयोगमा शैन्य अपरेशन चलाउने विभिन्न आतंकवादी हर्कत अफगानिस्तानमा गरेपछि सर्वसाधरण व्यक्तिहरु पनि त्यो आतंकवादी आक्रमणको सिकार बन्ने गरेको दाबी गरे ।

अफगानिस्तानमा आतंकवादी हर्कत पश्चात तालिवानहरु पाकिस्तानको सुरक्षित स्थानमा लुकेर बस्न पाउने अवस्थाले पनि समस्या बढेको अफगानिस्तानमा कार्यरत मानव अधिकारवादी संगठनहरुको भनाई छ । तालिवानलाई सघाउनेमा अलकायदा र यसका सहयोगी लश्कर ए तोयबा र जैश ए मोहम्मद जस्ता आतंकवादी संगठन रहेको बताइएको छ ।

अफगानिस्तानमा पछिल्लो आतंकवादी कारवाहीमा १२ जना सुरक्षाकर्मीको मृत्यु भएको छ । सुरक्षाकर्मीले गरेको जवाफी कारवाहीमा २२ जना आतंकवादी मारिएका छन् ।

अफगानिस्तानमा आतंकवादीहरुको हर्कत बढेपछि अघिल्लो साता उरुजगान र कान्धार प्रान्तमा भएको भिडन्तमा ५८ जना आतंकवादी मारिएका थिए । सय भन्दा बढि आतंकवादिले सुरक्षा नाकामा हमला गरेपछि सुरक्षा फौजले सो कारवाही गरेको रोर्यटसले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);