पाकिस्तान सरकारले ७० वटा आधुनिक कार बिक्री गर्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पाकिस्तान सरकारले ७० वटा आधुनिक कार बिक्री गर्यो

एजेन्सी, २ असोज । पाकिस्तान सरकारले ७० वटा आधुनिक कार बिक्री गरेको छ । सरकारी खर्च कटौतीको प्रयास स्वरुप सरकारले ती कार बेचेको हो । प्रधानमन्त्री कार्यालयमा रहेका अत्याधुनिक सुविधासम्पन्न कार लिलाम बिक्री गरिएको हो ।

प्रधानमन्त्री इमरान खानले यसअघि नै अनावश्यक सवारी साधन बिक्री गरेर राष्ट्रिय ढुकुटीमा रकम जम्मा गर्ने घोषणा गरेका थिए । वैदेशिक ऋणमा डुबेको पाकिस्तानका लागि इमरान खानले सरकारी खर्च कटौतीमा जोड दिँदै आएका छन् ।

सोही क्रममा उनले प्रधानमन्त्रीको सरकारी आवासमा समेत आफू नबस्ने घोषणा गर्दै तीन बेडरुम भएको एउटा सामान्य घरलाई आफ्नो सरकारी निवास बनाउनु भएको छ । पाकिस्तानका सूचना मन्त्री फवाद चौधरीका अनुसार लिलामीका लागि १ सय २ वटा कार राखिएकोमा ७० वटा कार बिक्री भएको हो । उनँले बजारमूल्यभन्दा बढी दाममै ती कार बिक्री भएको बताए ।

प्रधानमन्त्री निवासमा रहेका केही भैंसीसमेत बेच्ने सरकारको योजना रहेको छ । नवाज शरीफको कार्यकालमा प्रधानमन्त्रीको सरकारी निवासमा पालिएका ८ भैंसी बेच्ने योजना वर्तमान सरकारले बनाएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);