बेलायतमा नयाँ डिजेल कारको विक्री घट्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बेलायतमा नयाँ डिजेल कारको विक्री घट्यो

car

काठमाडौं, २४ माघ । बेलायतमा नयाँ डिजेल कारको विक्री घटेको छ । गाडी निर्माता तथा बिक्रेता समाज (एसएमएमटी) ले सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो । सन् २०१८ को जनवरीमा नयाँ डिजेल कारको बिक्री २५ दशमलव ६ प्रतिशतले घटेको छ ।

यो कमीसँगै समग्र अटो बिक्रीमा ६ दशमलव ३ प्रतिशतको कमी आएको छ । सरकारी नीति प्रतिको द्विविधाका कारण क्रेताहरू डिजेलबाट चल्ने सवारी किन्न हिच्किचाउँदा यस्तो भएको हो । वायु प्रदूषण नियन्त्रण गर्न, विद्युतीय सवारीको विक्रीलाई टेवा दिन सरकारले गतवर्ष परम्परागत इन्धनबाट चल्ने सवारी केही दशकभित्र पूर्णतः प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । यसै क्रममा सरकारले डिजेलबाट चल्ने सवारीमा उच्च कर तिराउने र यसको प्रयोगलाई सीमित बनाउन सक्ने आशंकामा डिजेल कारको बिक्री घटेको हो ।

सरकारले सन् २०४० देखि डिजेल र पेट्रोलबाट चल्ने नयाँ कार विक्री पूर्णतः रोक्ने दीर्घकालीन योजना सार्वजनिक गरेको छ । नोभेम्बरमा बजेट भाषणमा पनि सरकारले अप्रिलदेखि नयाँ डिजेल कार किन्ने ग्राहकहरूले एकै पटक तिरे हुने वन–अफ कर बढाइने घोषणा थियो । उता, कम्पनीहरूले बेच्ने डिजेल कारको कर पनि बढाइएको छ । जनवरीमा विद्युतीयलगायत वैकल्पिक ऊर्जाबाट चल्ने कारको विक्री भने २३ दशमलव ९ प्रतिशतले बढेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);