आकर्षक योजना बनाउने र कार्यान्वयन नगर्ने सरकारी प्रवृत्ति | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आकर्षक योजना बनाउने र कार्यान्वयन नगर्ने सरकारी प्रवृत्ति

tinkune

काठमाडौं, २४ माघ । आकर्षक योजना बनाउने र कार्यान्वयन नगर्ने सरकारी प्रवृत्ति नै बनिसकेको छ । पहि प्रवृत्तिका कारण काठमाण्डौको तीनकुनेमा रहेको करिब ३५ रोपनी खाली जग्गा यतीखेर फोहर थुपार्ने, घाम ताप्ने र गाडि पार्किङगर्ने स्थानको रुपमा सिमित भएको छ ।

सुरुमा विश्वकै सबैभन्दा ठुलो मुर्ती सहितको पार्क बनाउने योजना बनाइएको यो जग्गामा भुमिगत पार्किङ सहितको पार्क बनाउने योजना ल्याइयो । योजना अनुसार करिब ६० लाख रकम खर्च पनि भयो । तर, अहिले फेरी यो जग्गा सरोकारवाला निकायको बेवास्तामा परेको छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो पटक नेपाल प्रवेश गर्ने विदेशी नागरिकले विमानस्थल बाहिर देख्ने भनेकै डम्पिङ साइडजस्तो तीनकुनेस्थित यो जग्गा हो । विदेश पुगेर फर्किएका नेपालीहरुमा समेत यो जग्गा देखेपछि देशको दुर्दशाले टाउको दुख्न थाल्छ ।

त्यसो त तीनकुनेलाई ब्यबस्थीत बनाउन योजनाहरु बन्दै नबनेका भने हैनन । अहिलेसम्म तीनकुनेलाई लिएर धेरै योजना बने । धेरै राम्रा स्केच नक्सा पनि तयार भए । तर एउटै पनि कार्यान्वयन भएन । केही समय अघि आधुनिक पार्कसहित विश्वको ठूलो मुर्ति बनाउने योजना काठमाडौं महानगरले ल्याएपछि राजधानीबासी उत्साही भए । तर उक्त योजनाको काम सुरु नभै योजना बन्द गरियो र भुमिगत पार्किङ सहितको गार्डेन बनाउने योजना बनाइयो ।

भुमिगत पार्किङ सहितको गार्डेन निर्माण सुरु त भयो तर काम सुरु भएको केही समयमै रोकीयो । तीनकुनेको पार्क बनाउन लागिएको क्षेत्रको जग्गा व्यक्तिहरुको जग्गा हो । सरकारले दश वर्ष अघिनै अधिकाशलाई मुअब्जा वितरण गरिसकेको छ भने मुअब्जा लिन बाँकी रहेका केहीसँग सम्झौता हुन सकेको छैन । एक व्यक्तिको आठ जना जग्गाको मुअब्जाको विषयमा सहमति हुन नसक्दा करोडौंका योजना त अलपत्र परिरहेको छ नै काठमाडौंको मुटुमा रहेको करोडौंको जग्गा बेकामे बनिरहेको छ । जग्गा धनीहरु वर्तमान मुल्य अनुसारको मुअब्जा नपाए आन्दोलनमा उत्रने चेतावनी दिइरहेका छन् ।

१८ औ सार्क सम्मेलनका बेला तीनकुनेमा पार्क निर्माण गर्दा १६ लाखको टिनले उक्त क्षेत्र घेरीएको थियो । केही थान जस्तापाता काठमाडौं महानगरपालिकाले राखेको छ, बाँकी कसले लग्यो पत्तो छैन । बिगत चार वर्षमा तीनकुनेमा पार्क, बगैंचा र मण्डला बनाउने नाममा २ करोड बढी खर्च भैसकेको छ । हरेक बर्ष तीनकुनेको नाममा लाखौं रुपैयाँ खर्च हुन्छ , तर परिणाम भने अझै देखिएको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);