अफगानिस्तानमा तालिबानको आदेश, महिलाहरू पुरुषबिना हिड्न र पुरुषले दाह्री काट्न नपाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

अफगानिस्तानमा तालिबानको आदेश, महिलाहरू पुरुषबिना हिड्न र पुरुषले दाह्री काट्न नपाउने

एजेन्सी । उत्तर अफगानिस्तानको सुदूर क्षेत्रमा कब्जा जमाएपछि विद्रोही इस्लामिक संगठन तालिबानले आफ्नो पहिलो आदेश जारी गरेको छ । आदेशमा महिलाहरू कुनै पुरुष विना एक्लै बजारमा जान नसक्ने र पुरुषले दाह्री काट्न र धुम्रपान गर्न नपाउने भनिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

स्थानीयका अनुसार तालिबानले स्थानीय इमामलाई यी सबै शर्त एउटा पत्रमा लेखेर दिएको छ । साथै यसमा उक्त आदेश पालना नगर्नेहरूले कडा सजाय दिइने पनि बताइएको छ । नेटो सैनिक फर्किएसँगै तालिबानले अफगानिस्तानमा आफ्नो पहुँच बढाउन थालेको छ ।

तालिबानले अब उसको कब्जामा अफगान सरकारभन्दा बढी क्षेत्र भएको र त्यहाँ अत्यधिक स्रोत साधन भएको दाबी गरेको छ । छिमेकी देशसँग जोडिएका सीमामा रहेका केही प्रमुख चौकीमा तालिबानले कब्जा जमाएको छ । साथै तालिबानले भन्दै अफगान सरकारलाई आत्मसमर्पण गर्न भनेको छ ।

अघिल्लो महिना अफगानिस्तानको शेर खाँ बांदेर क्षेत्रमा कब्जा जमाएपछि तालिबानले स्थानीयलाई महिलालाई घरबाट बाहिर ननिस्कन आदेश दिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);