महिलाको स्वतन्त्रता दमन गर्दै अफगानिस्तानले लगायो संस्थामा काम गर्न प्रतिबन्ध | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

महिलाको स्वतन्त्रता दमन गर्दै अफगानिस्तानले लगायो संस्थामा काम गर्न प्रतिबन्ध

काठमाडौं । अफगानिस्तानको तालिबान सरकारले महिलाहरुलाई गैर सरकारी संस्थाहरुमा काम गर्न प्रतिबन्ध लगाएको छ । महिलाको स्वतन्त्रता दमन गर्दै सरकारले विदेशी वा स्थानीय संस्थाका काम गर्न प्रतिबन्ध लगाएको हो ।

अर्थमन्त्रालयका प्रवक्ता अब्दुलरहमान हबिबले सरकारको पत्र आएको पृष्टि गरेका छन् । केही कर्मचारीहरूले महिलाहरूको लागि इस्लामिक ड्रेसकोड पालना गर्न असफल भएकाले महिला कर्मचारीहरूलाई अर्को सूचना नभएसम्म गैरसरकारी संस्थाहरूमा काम गर्न अनुमति नभएको पत्रमा उल्लेख छ ।

अफगानिस्तानमा ठूलो संख्यामा रहेको संयुक्त राष्ट्र संघका एजेन्सीहरूलाई पनि यो आदेश लागू हुन्छ कि हुँदैन भन्ने विषय भने स्पष्ट छैन । यसअघि तालिबानले महिलालाई विश्वविद्यालयमा प्रतिबन्ध लगाएको थियो ।

यसअघि तालिबानले अफगान महिलाहरूको शिक्षा र स्वतन्त्रताको अधिकारलाई दमन जारी राख्दै केही दिनअघि महिलाहरूको लागि विश्वविद्यालय शिक्षामा राष्ट्रव्यापी प्रतिबन्ध लगाउन आदेश दिएका थिए ।

गत वर्ष सत्ता कब्जा गर्दा नरम नियम बनाउने वाचा गरे पनि तालिबानले अन्तर्राष्ट्रिय आक्रोशलाई बेवास्ता गर्दै महिलाको जीवनका सबै पक्षमा प्रतिबन्ध लगाएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);